Logo

एसपी पोखरेल डिआईजीमा सिफारिश, आईजिपीका दाबेदार !



काठमाडौं, १९ बैशाख । नेपाल प्रहरीका एसएसपी विश्वराज पोखरेल डिआइजीमा सिफारिस भएका छन्। २०४९ चैतको आफ्नो ब्याचबाट डिआइजीमा सिफारिस हुने पोखरेल एक्ला हुन्।

लागुऔषध विभागमा कार्यरत एसएसपी पोखरेलको नाम काभ्रेमा गत कात्तिक १० गते भएको दुर्घटनामा डिआइजी सुशील भण्डारीको निधन भएपछि उक्त खालि स्थानमा गृह मन्त्रालयको बढुवा समितिले बिहीबार सिफारिस गरेको हो।

आफ्नो ब्याचबाट एकमात्र डिआइजी बनेपछि उनी आइजीका पनि दाबे‍दार बन्ने भएका छन्। उनी काठमाडौँ प्रहरीमा प्रमुख रहिसकेका छन्। २०४९ बैशाखको ब्याचका थुप्रै एसएसपीमै सीमित रहँदा पोखरेल डिआइजी बनेका हुन्।



प्रतिक्रिया दिनुहोस्