Logo

ईन्धनको मुल्य बढ्यो, एलपी ग्याँसको यथावत



काठमाडौं, १९ बैशाख । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ।

अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र मट्टीतेलको मूल्य ९८ पुगेको छ। यसअघि पेट्रोलको मूल्य रु ११० थियो भने डिजेल र मट्टीतेल ९७ रुपैयाँ पथ्र्यो। निगमले बिहीबार पेट्रोलमा एक रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेलमा एक रुपैयाँ मूल्य वृद्धि गरेको हो।



प्रतिक्रिया दिनुहोस्