Logo

कार्ययोजनासहित विकास



भीमप्रसाद ढुंगाना, मेयर नीलकण्ठ नगरपालिका धादिङ: नीलकण्ठ नगरपालिका सदरमुकामसँगै आसपासका साविकका गाविसहरू समेटेर २०७१ सालमा घोषणा भएको हो । नगरपालिका देशको समृद्धिको यात्रातर्फ काम गर्ने गरी निरन्तर अघि बढिरहेको छ । यस बीचमा दुई दशकसम्म जनप्रतिनिधि नहुँदा अस्तव्यस्त स्थानीय तहलाई व्यवस्थित गर्न लागि परेका छौं । मुख्य त प्रशासनलाई व्यवस्थित गर्न जुट्यौं ।

पहिलो काम नगरपालिकालाई १० वर्षमा कस्तो बनाउने स्पष्ट योजना बनायौं । स्थानीय तह चुनावमा गरिएको घोषणापत्रको प्रतिबद्धताअनुसार नै अघि ढिरहेका छौं । पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, महिला सशक्तीकरण आदिमा मुख्य काम गरिरहेका छौं । पक्कीपुल बन्ने काम धमाधम भइरहेका छन् । यसका लागि कार्ययोजना नै अघि बढाएका छौं ।

१४ वटै वडामा सडक पु¥याउने योजना अघि बढिसकेको छ । धुवाकोट सडक, मुरलीभन्ज्याङ सडक, सुनौलाबजार सडक र सल्यानटार सडकको स्तरोन्नतिसहित कालापत्रे धमाधम सुरु भइरहेको छ । रिङरोड बनाउने प्रक्रिया पनि अगाडि बढिसकेको छ । खानेपानी वितरणका लागि काम भइरहेको छ ।

नगरपालिकाका वडाहरूमा इन्टरनेट सेवा पु¥याइसकेका छौं । उद्यमशील तथा स्वरोजगारका कार्यक्रमहरूका लागि तालिम तथा प्रशिक्षण गरिरहेका छौं । कृषिअन्तर्गत कृषकको हौसलाको लागि तालिम प्रशिक्षण दिँदै आएका छौं । कृषिको आधुनिकीकरण गर्दै कृषिमा आत्मनिर्भर बनाउने हाम्रो मुख्य उद्देश्य हो । हामीले यी काम गरिरहँदा केन्द्र तथा प्रदेश सरकारसँग सवालजवाफ गरिरहनु परेको छ ।

संविधानको अनुसूची ८ मा २२ वटा बुँदा बनाएर स्थानीय सरकारलाई अधिकार दिएको छ । त्यसैले स्थानीय सरकार आफैंमा स्वतन्त्र छ । यति कुरा पनि नबुझेर हो कि केन्द्र तथा प्रदेश सरकारले हामीले काम गर्ने अधिकार माथि अंकुश लगाउन खोजे जस्तो देखियो । त्यसै कारणले नेपाल नगरपालिका संघको आयोजनामा पहिले नै यो कुरा सरकारलाई जानकारी त गराइएकै थियो । पछिल्लो समय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड, पूर्वसभामुख, मन्त्रीहरूलगायतलाई ध्यानाकर्षण गराएका छौं । तीन तहको सरकार नयाँ प्राटिक्स पनि भएको हुनाले केही अप्ठ्यारो पक्कै भएको छ । तर, व्यवस्थित गर्नुको विकल्प छैन ।



प्रतिक्रिया दिनुहोस्