Logo

सडक निर्माणमा प्राथमिकता



गजेन्द्र महर्जन, मेयर, गोदावरी नगरपालिका, ललितपुर : गोदावरी नगरपालिकाभित्र प्राकृतिक, धार्मिक र प्राचिन सम्पदाहरू धेरै रहेका छन् । धार्मिक रूपमा समेत विभिन्न विविधता रहेका छन् । धेरै राम्रा राम्रो ऐतिहासिक मन्दिरहरू यस नगरपालिकाभित्र रहेका छन् । गोदावरी कुण्डदेखि टीकाभैरवसम्म चर्चित धार्मिकस्थलहरू रहेका छन् रहेका छन् ।

यसको संरक्षण, निर्माण र पुनर्निर्माणसहित गर्ने गरी हामी लागिरहेका छौं । शिक्षा, स्वास्थ्य, खानेपानी, ढल निकासको अलावा युवा र महिला लक्षित सशक्तीकरण कार्यक्रमहरू पनि गरिरहेका छौं । १४ वटै वडामा सडक स्तरोन्नति गर्ने भएका छौं । सडकको अवस्था दयनीय रहेको यस नगरपालिकामा प्रर्याप्त बजेट नहुँदा आँटेका पूर्वाधारका कामहरू अघि बढाउन गाह्रो भइरहेको छ ।

सामुदायिक शिक्षाको स्तरोन्नति गर्न यस नगरपालिकामा नगर शैक्षिक क्यालेन्डर बनाएरै लागू गरेका छौं । यसले अत्यन्त प्रभावकारी भूमिका निर्वाह गर्न सघाइरहेको छ । यसबाट विद्यालय, अभिभावक र विद्यार्थी सबै पक्ष अत्यन्त खुसी हुनुहुन्छ । समृद्धिको यात्रालाई सघाउने गरी काम गरिरहेका छौं ।

तर सरकारले स्थानीय तह सरकारमाथि समन्वय गर्ने भन्दा पनि असहयोगकै अवस्था रहेको छ । कर्मचारी समायोजन भनिएको छ । तर हामीलाई केही थाहा हुँदैन । कर्मचारी आउँछन् जान्छन् यसले गर्दा पनि सेवाग्राहीको काम छिटो, छरितो गर्न गाह्रो भइरहेको छ । त्यसैले स्थानीय सरकारलाई दिएको अधिकारअनुसार नै हामीलाई काम गर्न दिन केन्द्र र प्रदेश सरकारसँग अपिल गर्दछौं ।



प्रतिक्रिया दिनुहोस्