Logo

पूर्वाधार विकासमा जोड



हरिबहादुर महत, मेयर हेटौंडा उपमहानगरपालिका : हेटौंडा उपमहानगरपालिका २०७१ सालमा घोषणा भएको हो । त्यसभन्दा अगाडि स्थापना भएको पुरानो नगरपालिका रहेको थियो । दुई पटकसम्म उपमेयर भएर काम गरिसकेकाले स्थानीय तहमा काम गर्न अत्यन्त सहज छ । पञ्चायतकालीन राजनीतिदेखि नै जनताको सेवा गर्दै आएको हुँ ।

मुख्यतः सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा जोड गरिरहेका छौं । साथै सबै जातजाति, विकास र सशक्तीकरणको सवालमा पनि अभियान चलाइरहेका छौं । उपमहानगरपालिका बनेपछि पाँचवटा वडा फेरि थपिएको छ । त्यो पूरै ग्रामीण भेग रहेको छ । त्यस वडालाई विकासका लागि विशेष ध्यान दिनुपर्ने अवस्था रहेको छ ।

त्यसका लागि हामीले केन्द्र र प्रदेश सरकारसँग समन्वय गर्ने गरी अगाडि बढिरहेका छौं । संघीय संरचनाअनुसार विकास निर्माण, पूर्वाधार विकासमा विशेष जोड रहेको छ । आज देशमा समृद्धिको कुरा गरिरहँदा चुनौतीहरू धेरै रहे पनि हामी व्यवस्थित ढंगले अघि बढिरहेका छौं । हाम्रो कामकारबाहीमा ढिलासुस्ती हुनुमा मुख्यगरी २० वर्षसम्म स्थानीय तहमा जनप्रतिनिधि नहुनु, सुशासन र कर्मचारी समायोजन प्रभावकारी नहुँदा पनि कामकारबाही ढिला भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्