Logo

‘जनशक्तिको अभावले सोचेअनुरूप उपलब्धि हासिल गर्न सकेका छैनौं’



रामेश्वर बोहोरा, मेयर, तारकेश्वर नगरपालिका : स्थानीय तह सरकारको नीति, नियम कानुन नै अनुसार काम गरिरहेका छौं । तर पनि उपलब्धि हासिल गर्न गाह्रो भइरहेको छ । मुख्यत स्रोतसाधनको र जनशक्तिको अभावले सोचे अनुरूप कामको उपलब्धि हासिल गर्न सकेका छैनौं । अर्को केन्द्र र प्रदेशसँगको समन्वय हुन नसकिरहेको अवस्था छ । तैपनि हामी जनप्रतिनिधि भएर आएको दुई वर्ष पुग्नै लाग्दा प्रयासहरू गरिरहेका छौं । मुख्यगरी पूर्वाधार तथा भौतिक संरचनाको विकास शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन विकास आदिमा भूमिका खेलिरहेका छौं ।

सबै वडाहरूमा सडक कालोपत्रे गर्ने, खानेपानी पु¥याउने, शैक्षिक क्यालेन्डरसहित शैक्षिक वातावरण बनाउने, स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्ने, ढल व्यवस्थित गर्ने आदि कार्य अगाडि बढाइरहेका छौं । यसका लागि नगरवासीहरूसँग सहकार्यसमेत गरी अघि बढिरहेका छौं । हाम्रो मुख्यतः सुशासनमा हाम्रो जोड रहेको छ । यसका लागि नगरवासीलगायत सम्बन्धित सबैले सघाउन आवश्यक र जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्