Logo

पेट्रोलको मुल्यबृद्धिबिरुद्ध विद्यार्थी सङ्गठन, निगमलाई एक हप्‍ते अल्टिमेटम (फोटोफिचर)



काठमाडौं,२२ बैशाख । अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुकी कार्यवहाक अध्यक्ष रस्मि बडालको नेतृत्वमा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई आज ज्ञापन पत्र बुझाएका छन् ।

दुवै विद्यार्थी सङ्गठनका दुई दर्जन विद्यार्थीहरुको सहभागीतामा हालसालै बढेको पेट्रोलियम पदार्थ विरोध गर्दै उनीहरुले कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् ।आयल निगमको तर्फबाट प्रवक्ता वीरेन्द्र गाईत, डिजियम नागेन्द्र साहको उपस्थिति रहेको थियो ।

विगतमा पटक–पटक गरिएका विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्याँस उपलब्ध गराउने सहमति कार्यान्वयनका लागि सरकारलाई एक हप्ते अल्टिमेटमसहितको ध्यानाकर्षण पत्र बुझाइएको अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले जानकारी दिए।

उनले एक हप्ता भित्र पनि आफूहरुको सो माग पूरा नभए सरकारविरुद्ध कडा आन्दोलनमा जाने चेतावनी पनि दिए।त्यसैगरी ध्यानाकर्षण पत्रमा पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि नहुने गरी भ्रष्टाचार नियन्त्रण गर्न पनि निगमको गम्भिर ध्यानाकर्षण गराइएको छ।

फोटोः मुकुन्द कालिकोटे/ReportersNepal



प्रतिक्रिया दिनुहोस्