Logo

‘ललिता निवास प्रकरणमा निर्ममतापूर्वक छानबिन होस, दोषी भए सजाय भोग्न तयार छु’ : पौडेल



काठमाडौं, २३ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा) का महासचिव एवम् सांसद विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा निर्ममतापूर्वक छानबिन हुनुपर्ने र सरकारी स्वामित्वका जग्गा फिर्ता गर्ने सरकारको पछिल्लो कदम स्वागतयोग्य रहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममा छलफलमा भाग लिँदै सांसद पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘म दोषी ठहर भए जस्तोसुकै सजाय भोग्न तयार छु ।’



प्रतिक्रिया दिनुहोस्