Logo

प्रधानमन्त्रीको भियतनाम–कम्बोडिया भ्रमणबारे विज्ञ के भन्छन् ?



काठमाडौं २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबारदेखि दक्षिणपूर्वी एसियाली मुलुक भियतनाम र कम्बोडियाको भ्रमण गर्दैछन् ।

भियतनामका प्रधानमन्त्रीको निमन्त्रणामा त्यसतर्फ जान लागेका प्रधानमन्त्री ओलीको भ्रमणलाई लिएर कुटनीतिक क्षेत्रका विज्ञले भने प्रश्न उठाएका छन् ।

‘राज्यकोषको ढुकुटी खर्च गरेर विदेश भ्रमण गर्दा मुलुकको कुटनीतिक महत्व र प्राथमिकताका विषयमा प्रष्ट हुनु पर्छ,’ पूर्वराजदूत एवं कुटनीतिक मामिलाका जानकार जयराम आचार्यले भने । जनताको करबाट खर्च गर्नुपर्ने भएकाले यसको औचित्य पुष्टि गर्नुपर्ने आचार्य बताउँछन् ।

पूर्वपरराष्ट्रमन्त्री एवं कुटनीतिक मामिलाका जानकार रमेशनाथ पाण्डे पनि बजेट अधिवेशन सुरु भएकै बेला प्रधानमन्त्रीको विदेश भ्रमणमा जाने प्रचलन संसदीय व्यवस्थाको अनुकुल नहुने बताउँछन् । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्