Logo

नेपाल किन विकास भएन ? यसो भन्छिन् मन्त्री थापा



थममाया थापा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री : जनताको चाहना र भावना देश छिटोछिटो समृद्ध होस् भन्ने नै हो । त्यसै अनुरूप सरकारले काम पनि गरेको छ । सरकारले पनि जनताबीच खाएको जुन कसम हो त्यो अनुरूप काम गर्नुपर्छ र गरेको पनि छ । सरकारले ल्याएका जुन नीति तथा कार्यक्रमहरू इमानदारितापूर्वक लागू गर्न लागिपरेका छौं । सरकार अहिले नेपाली जनताले गरेको आशा र भरोसालाई इमानदारितापूर्वक पूरा गर्न दत्तचित्त भएर लागि राखेको छ त्यसैले पनि देश समृद्धितिर उन्मुख भइसकेको छ ।

समृद्ध नेपालका आधारहरू भन्नाले देशलाई सामाजिक र आर्थिक रूपमा रूपान्तरण गर्नुपर्छ । जुन रूपमा अहिले देशको विकास हुन सकिरहेको छैन । विकास हुन नसक्नुका विभिन्न कारण, अप्ठ्याराहरू छन् त्यसलाई समाधान गर्दै देशको स्रोतसाधनलाई उपयोग गर्नुपर्छ । आफ्नै देशको स्रोतसाधनलाई बढीभन्दा बढी उपयोगी बनाएर अगाडि बढाउनुपर्छ । देशको आर्थिक, सामाजिक रूपान्तरण गर्दै देशलाई समृद्ध बनाउनेतर्पm अगाडि बढ्नुपर्छ ।नयाँ सविंधान महिलाका हकअधिकार धेरै कुरा समेटिएका छन् । संविधानको मर्मअनसार हामी नीति तथा कार्यक्रमहरू बनाएर अगाडि जाने कुरा हो । नीति, ऐन÷कानुन पनि धेरै बनिसकेका छन् । त्यसलाई प्रभावकारी ढंगले लागू गर्नका लागि विभिन्न किसिमका समस्याहरू छन् । ती समस्याहरू के के हुन् भनी पहिचान गर्दै अगाडि बढ्नुपर्छ ।

संविधानमा उल्लेख भएका महिलाहरूको हकअधिकारका विषयमा उल्लेख भएका कुरालाई प्रभावकारी ढंगले लागू गर्दै अगाडि बढाउन सकिन्छ । नेपाली महिलाहरूको बारेमा लामो समयदेखि हुँदै आएको थिचोमिचो तथा भेदभावलाई समाजबाट हटाउन र अधिकार सम्पन्न बनाउन केही समय लाग्छ । किनभने हाम्रो समाज नै त्यस्तै संस्कारबाट हुर्केको छ ।

बितेको एक वर्ष त हामी ऐन, कानुन बनाउने कुरामा लाग्यौं । हामीले नयाँ ऐन पनि बनाएका छौं । संविधान निर्माणका क्रममा बाझिएका विषयलाई संशोधन पनि गरेका छौं । मुल कुरा भनेको प्राप्त उपलब्धिलाई जनसमक्ष उपलब्ध गराउनुपर्छ । महिलाको अधिकारका विषय नयाँ बनाइएका कानुन, नियम र नीतिलाई प्रभावकारी ढंगले व्यवहारमा उतारेर लानु पर्दछ ।



प्रतिक्रिया दिनुहोस्