Logo

प्रथम “घाँसी” सम्मेलन: प्रस्तावमा-आधारपत्र



१)पृष्ठभूमि:
“भर्जन्म घाँसतिर मनदिइ धन कमायाे
नाम क्यै पछि रहाेस भनेर कुवा खनायाे
घाँसी दरिद्र घरकाे तर बुद्धि कस्तो?
माे भानुभक्त धनी भइकन किन यस्तो!!”

“म सग न सतल पार्टी न इनार केही छन,
जे छन मेरा चिजहरु घर भित्र नै छन।
त्यस् घाँसीले के दियाे अाज अर्ती,
धिक्कार छ मकन बसनु नराखी किर्ति।।”
********************************
प्रस्तुत कबिताका हरफहरु अादिकबि भानुभक्त अाचार्यद्वारा उदगारित श्लाेकहरु हुन।जसकाे प्रेरणाबाट हाम्राे देश नेपाल र  हामी नेपालीलाई भाषिक एकिकरणकाे सुत्रमा बाँधिदिए,प्रणेता/गुरु “घाँसी”लाई इतिहास देखिन बर्तमान सम्म पनि मिथकिय तुल्याइरहियाे,बनाइरहियाे।तुल्याइरहयौ,,बनाइरहयौ।खास गरिकन मानव प्रयाेगिक बस्तु प्लास्टिक र प्लास्टिकजन्य पदार्थहरु बिरुद्धकाे प्रहार र उपयाेग चुनौतीपूर्ण बन्नुकाे साथै हरित ग्यास उत्सर्जनकाे मात्रा बढ्दै गएका कारण सजीब जीबात्माहरुकाे निमित्त धर्ती जगत प्रकृतिको प्राकृतिक वातावरण  दिन प्रतिदिन प्रतिकुल बन्दै गइरहेको बर्तमान बिश्व परिपेक्ष र नेपाल देशको इतिहासले प्रधानमन्त्रीहरुकाे कार्यकालहरु बिधिवत स्थापित गर्न सुरु गरेको दुई सय बर्ष पूरा भइसक्दा पनि ती”घाँसी”काे थिए?उनकाे बिचार दर्शन के थियो? भन्ने बारे खाेज,अन्वेक्षणात्मक कार्य नभएकाे वा भनाै उनिबारेकाे तथ्य र इतिहास फेला पार्न नसक्दा बङ्गालकाे खाडीमा अायाेजित UN बाट स्वकृत “World Space Week2018″मा समेत अनुत्तरित रहनु परेकाेलृ र म अाफु यहि भानु-भूमिकाे  बासिन्दाका अनि यहाँको बिज्ञान बिषयकाे एउटा शिक्षक पनि हुनुकाे नाताले  गरिअाएकाे चिन्तन E-Voulnteer अभियान मार्फत नै मैले”घाँसी” र उनकाे बिचार दर्शनबारे खाेज अन्बेक्षणात्मक कार्यलाई निरन्तरता दिदै अाएकाे छु।

२) औचित्यता/आवश्यकत्ता :
E-Volunteerअभियान मार्फत गरिएकाअध्ययन,खाेज,
अन्वेक्षणात्मक कार्यहरुकाे निष्कर्ष:भानुका प्रणेता/गुरु घाँसी नै हुन।”घाँसी”तत्कालीन समयका
E-Volunteerअभियन्ता हुन्,कबिला बैज्ञानिक पनि हुन।चेलाालाइ अादिषुरुषकाे रुपमा ग्रहण गरिरहदा गुरुलाइ मिथकिय बनाइनु/तुल्याइनु धर्ती जगत प्रकृतिको सापेक्षताबादी  नजरबाट पनि न्यायसंगत भएन।”त्यसैले “घाँसी”पात्र काे हुन?बिचार बा दर्शन उनकाे के थियोे ?भन्ने बारेमा बैज्ञानिक खाेज,अन्बेक्षण हुन जरुरी छ।घाँसी सम्बद्घ खाेज,अन्वेक्षण गर्नुहुने,गर्न चाहानुहुने बिज्ञ अन्वेक्षकहरुका बिचार,खाेजकार्य र  निष्कर्षहरुलाइ ब्यबस्थित ढंगले सश्लेषण गरी पात्र उनी काे थिए?पहिचान गर्न र बिचार उनकाे के थियाे?एकिन गरेर प्राकृतिक बाताबरण सरक्षण मार्फत मानव जीवन सुखी र खुशी तुल्याउनकाे त्यसलाई  दर्शनकाे रुपमा बिकास गर्नकाे निमित्त जानाकार  बिज्ञहरु सहभागी सम्मेलन नै गर्नुपर्ने आवश्यकत्ता महशुस भयाे।

३) सान्दर्भिकता:
E-Volunteerअभियान मार्फत भानुका प्रेरणा पात्र/गुरु “घाँसी”बारे खाेज अन्वेषण गरि अाउने क्रममा बङ्गालकाे खाडीमा भएको”World Space Week”मा सहभागी हुनकाे निमित्त अाफ्नै गृह परिसरमा पानीको मुल श्रृजना गरी नयाँकुवा निर्माण गरेर जनहरुकाे प्यास मेटाइरहेकाे अबस्थामा”नयाँघाँसी”उपमा प्राप्त भइ सार्वजनिक भएको दिन असाेज ६ काे सन्दर्भमाअध्ययन,खाेज,अन्वेक्षणात्मक कार्य र क्षेत्रकाे दायरालाइ थप ब्यापक,फराकिलो र बिस्तारित बनाउदै”घाँसीदर्शन” सश्लेषण र बिकास गर्नकाे निमित्त मिति २०७६/०६/०६ बाट नयाँ घाँसीकुवा भानु२अम्बाेट तनहुँ परिसरमा प्रथम”घाँसी”सम्मेलन प्रस्ताव गर्दछु।

४) सहभागिता:
धर्ति जगत प्रकृति,प्राकृतिक बाताबरण,पानीको ब्यबस्थापन सदुपयोग र सरक्षण सम्बन्धमा बैज्ञानिक खाेजअन्वेक्षणात्मक कार्यहरु गरी आउनुभएका ब्यक्ति/ सस्थाहरुका साथै भानुभक्तअाचार्य र घाँसी बारेमा जानाकार,जीवनीकार,कवि,साहित्यकार,पत्रकारहरु सम्मेलनमा सहभागी रहनुहुनेछ।

५) उद्देश्य :  प्राकृतिक बाताबरण सरक्षण मार्फत मानव जीवन सुखी र खुशी तुल्याउनकाे निमित्त”घाँसीदर्शन”काे अाधारभुत अबधारणा-पत्र  सम्लेषण गर्नु सम्मेलनकाे  मुख्य उदेश्य रहनेछ।

६) प्रतिबिम्बन:
*एतिहासिक पात्र”घाँसी”बारेकाे अध्ययन,खाेज अन्वेक्षणकाे दायरा व्यापक र फराकिलो बन्दै जानेछ।
*अग्रज/गुरुहरुकाे सम्मान गर्ने मान्यता/परम्परा सघन बन्दै जानेछ।
*प्राकृतिक बाताबरण सरक्षण गरी मानव जीवन सुखी र खुशी तुल्याउनकाे निमित्त मानव जीवनपद्धति,अाचारण र व्यवहारहरुलाइ”घाँसीदर्शन”मार्फत परिभाषित गर्नेछ ।

७) आयोजक :  सम्मेलनलाई सफलता पुर्बक सम्पन्न गर्नकाे निमित्त अार्थिक,भौतिक,नैतिक सहयाेग उपलब्ध गराउनु/गर्नुहुने स्वदेशी तथा बिदेशी ब्यक्ति,सस्था,सरकारी तथा गैरसरकारी निकायहरु सम्मेलन अायाेजककाे रुपमा रहनुहुनेछ।उपलब्ध हुने अार्थिक स्राेतकाे अाधारमा प्रतिनिमुलक बिज्ञ सहभागी ब्यक्ति/सस्था छनौट गरिनेछ,सम्मेलनमा सहभागी गराइने छ।E-Volunteerly सहभागी हुन चाहनुहुने बिज्ञ ब्यक्ति वा सस्थाहरुलाइ हार्दिक निमन्त्रणा छ,सहभागी गराइने छ।

८) निरन्तरता: उप्रान्त हरेक बर्षकाे असाेज ६ गतेका दिन नयाँघाँसी कुवा भानु२अम्बाेट तनहुँमा सम्मेलन अायाेजना गरिनेछ।प्राकृतिक वातावरण सरक्षण मार्फत मानव जीवन खुशी र सुखी तुल्याउनकाे निमित्त”घाँसीदर्शन”मार्फत कार्यहरु ब्यबस्थित अनि परिमार्जन गरी सर्बब्यापी बनाउदै लगिने छ।
यदुनाथ न्यैापाने, नयाँ घाँसीकुवा भानु-२अम्बाेट,तनहुँ
9846305450
[email protected]
[email protected]

पुनश्च:  E-Vouunteerly वा Non E-Volunteerly दुबै तवरबाट सम्मेलनमा सहभागी हुनकाे लागि उपराेक्त बिषय उपर गर्नुभएको खाेज तथा अन्बेक्षणात्मक कार्य निष्कर्ष प्रतिबेदन सहित २०७६/०६/०१भित्रमा प्रतिक्रियाकाे निमित्त अनुरोध छ।



प्रतिक्रिया दिनुहोस्