Logo

‘देश बन्ला भन्ने बेलामा कुशासन झन् मौलायो’



डा. प्रकाशचन्द्र लोहनी, राप्रपा (संयुक्त) : देश बन्ला भन्ने बेलामा कुशासन झन् झन् मौलाएको छ । सबैतिर भ्रष्टाचार बढेको छ । त्यसैले मलाई लाग्छ यो देशमा समृद्धि होइन होइन विकृति भ्रष्टाचार र कुशासन बढेको छ । सरकारको यो कदमले हामीले चाहेको विकास आउन अझै समय लाग्छ । खोला सफा हुनलाई मुहान सफा हुनुपर्छ ।

सरकारले अझै पनि अहिलेकै मूल्य मान्यता बोकेर अघि बढ्ने हो भने देश दुर्गतितिर धकेलिन्छ । सरकारको पछिल्लो कमद ठिक नभएरै जनताले दुःख पाएका हुन् । राजनीतिक चिन्ता भएका नेताहरु देशको विकासमा गम्भीर भएनन् । राजनीतिक परिवर्तन त ल्याउन सके तर विकासका काममार्फत् देशको विकास गर्न सकेनन् ।

त्यसैले हामीले देशको विकास समृद्धि चाहाने हो भने देशको यस्तो बेथिती र लार्पवाही सरकारले सफा गर्नुपर्छ । विकास निर्माणका काममा ध्यान दिएर दीर्घकालीन रुपमा फाइदा हुने गरी योजना तय गर्नुपर्छ । विकास निर्माणको नाममा भइरहेको भ्रष्टाचार रोक्नुपर्छ । राजनीतिक पार्टीले आफ्नो लागि होइन, देश र जनताको लागि विकास गर्छु भनेर अघि बढ्न्पर्छ । यसो गरियो भने मात्रै देशको विकास केही हदसम्म होला भन्ने लागिरहेको छ ।

अर्को कुरा, नेपालमा लगानीका क्षेत्र पनि सुरक्षित छैन । लगानीकर्ता निरुत्साहित भइरहेका छन् । सरकारले देशको विकास गर्न चाहेने हो भने लगानी क्षेत्रको सुरक्षा गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्