Logo

नेपाली विद्यार्थीको रोजाईमा भारतको ओम स्टर्लिङ ग्लोबल विश्वविद्यालय, विशेष छात्रावृत्ति दिने चान्सलरको घोषणा



काठमाडौं, २९ बैशाख । भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले यस्तो घोषणा गरेको हो । स्थापनाको पहिलो वर्षमै विश्विद्यालयले विद्यार्थीहरुको मन जित्न सफल भैसकेको छ । हाल उक्त विश्वविद्यालयमा प्यारामेडिकल, बिएस्सी अप्टोमेट्री, रेडियोग्राफी, रेडियोथेरापी, अपरेशन थिएटर, मेडिकल ल्याब टेक्नोलोजी, बि. फार्मेसी, बि. फिजियोथेरापी, ईन्जिनियरिङ, आर्किटेक्चर (बि.टेक र एम.टेक) र व्यवस्थापन (बिबिए र एमबिए), हेल्थ एसिस्टेन्ट, बिएस्सी एग्रिकल्चर लगायतका दर्जनभन्दा बढि कोर्सहरु प्रदान गर्दै आएको छ ।

उक्त विश्वविद्यालयमा नेपालबाट समेत ५० भन्दा बढि विद्यार्थीहरु हाल अध्ययनरत रहेको विश्विद्यालयका चान्सलर डा. पुनित गोयलले जानकारी दिए । विश्वविद्यालय स्थापनाको एक वर्षमै विद्यार्थीको पहिलो रोजाईमा आफूहरुको विश्वविद्यालय परेको उनले विश्वास दिलाए । उनकाअनुसार विश्वविद्यालयले विदेशबाट आउने विद्यार्थीहरुलाई ध्यानमा राखेर होस्टेलको पनि सुविधा प्रदान गर्दै आएको उनले जनाए ।

विश्वविद्यालयले गुणस्तरीय शिक्षासमेत प्रदान गर्दै आएको र हाल जिमदेखि खेलकुदको पनि सुविधा प्रदान गरिएको गोयलले बताए । उनले भने,‘हामीसँग सबै पूर्वाधार छ ।’ विश्वविद्यालयले आफ्नै भवन परिसरमा सांस्कृतिक कार्यक्रमपनि सञ्चालन गर्दै आएको उनले सुनाए ।

विश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउनेलाई विशेष छात्रावृद्धिपनि दिईँदै आएको डा. गोयलले जानकारी दिए । उनकाअनुसार हाल उक्त विश्विद्यालयमा २० भन्दा बढि राष्ट्रका विद्यार्थी छन् । भुटान, नेपाल, श्रीलंका, घाना, नाईजेरिया, मुजाम्बिक, केन्या, यमनलगायतका विद्यार्थीहरु अहिले अध्ययनरत रहेको उनले सुनाए ।

पत्रकार सम्मेलनमा विश्वविद्यालयका भाईस चान्सलर डा. देवेन्द्र पाठकले आफूहरुले विश्वस्तरीय अध्यापन गराउँदै आएको दाबी गरे । उनले भने,‘हाम्रो विश्वविद्यालय व्यवसायिक छ । स्मार्ट छ । अध्याधुनिक प्रविधि छ । नेपाली विद्यार्थीलाई सुहाउँदो कोर्शहरु पनि डिजाईन गरिएको छ । विश्वविद्यालयको अध्ययनपछि विद्यार्थीहरु उद्योग तथा व्यवसायमा जान सजिलो हुन्छ ।’

व्यवहारिक ज्ञान हाँसिल गर्नसमेत विश्वविद्यालयले सहयोग पुरयाउँदै आएको उनले जिकिर गरे । उनले थपे,‘हाम्रो विश्वविद्यालय र भारतका प्रतिष्ठित उद्योगबीच सहकार्य छ ।’ विश्वविद्यालयले कम्युनिकेशन स्किललाई पनि बढावा दिँदै आएको उनले विश्वास दिलाए ।

विद्यार्थीहरुलाई अनुभव साटासाटको लागि विभिन्न देशमा लैजाने गरेको र यस्ता कार्यक्रमले विद्यार्थीको भीजन ठूलो बनाउनको लागि मद्दत पुग्ने उनले विश्वास दिलाए । उनले थपे,‘हामीले ईन्टरप्रिनरसिप स्किल पनि सिकाउँछौं ।’ यो वर्षको शैक्षिक सत्रमा नेपालबाट करिब दुई सय जना विद्यार्थी भर्ना हुने आफूहरुको विश्वास रहेको पनि पाठकले स्पष्ट पारे ।

उक्त विश्वविद्यालयमा अहिले कुल तीन हजार विद्यार्थी अध्ययनरत छन् । पत्रकार सम्मेलनमा विश्वविद्यालयका डिन मार्केट्रिङ रमनजित सिंह र विश्वविद्यालयका उप–प्राध्यापक विजेन्द्र राजौराको पनि उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्