Logo

‘मिडिया काउन्सिलसम्बन्धी विद्येयक प्रेस स्वतन्त्रतामाथिको कु हो, फिर्ता गराउँछौं’



काठमाडौं, २९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मिडिया काउन्सिलसन्बन्धी विधेयक प्रेस स्वतन्त्रतामाथि नै कू भएको बताएको छ । कांग्रेसले आइतबार पत्रकार सम्मेलन गरी सरकारले संसदमा दर्ता गराएको विधेयक संविधानको मर्म विपरीत भएको बताएको हो ।

पूर्व प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप स्वीकार्य नहुने बताए । उनले भने, ‘यो पत्रकार र प्रेस स्वतन्त्रतामाथिकै कू हो । हामी यसलाई फिर्ता गराउँछौं ।’

देउवाले वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हस्तक्षेप गर्ने र पत्रकारहरुको अधिकार खोस्ने मिडिया विधेयक कांग्रेसलाई स्वीकार्य नहुने पनि बताए।

मिडिया काउन्सिलसम्बन्धी विधेयक नेपालको संविधानको प्रस्तावनाकै शब्द, भावना र मर्मको प्रतिकुल रहेको कांग्रेसको दावी छ । विधेयक पारित भए काउन्सिल सरकारी नियतको बन्धक हुने भन्दै कांग्रेसले काउन्सिललाई लाचार छायाँ बनाउन खोजेको आरोप लगाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्