Logo

लुम्बिनी गुरुयोजना ४१ वर्षदेखि अधुरै, अझै बनेन पर्यटक अड्याउने रणनीति



काठमाडौं, ४ जेठ ।जापानी नागरिक प्रा.केन्जो टांगेले ४१ वर्षअघि गुरुयोजना बनाई व्यवस्थित विकास थाल्दा लुम्बिनीका सात गाउँ विस्थापित भएका थिए । मुस्लिम समुदायको बाहुल्य रहेका ती गाउँका बासिन्दाले लुम्बिनीको विकासलाई त्यतिबेलै आत्मसात् गर्दै आफ्नो घरबास दिएका थिए । स्थानीय र लुम्बिनीबीचको त्यही सद्भाव र सम्बन्धलाई प्रगाढ बनाउन लुम्बिनी परिसरमा सुविधासम्पन्न हाइस्कुल र क्लिनिक (अस्पताल) निर्माण गर्ने योजना गुरुयोजनामा समावेश गरियो ।

तर चार दशक बित्दा पनि ती संरचना बनेको छैन । लुम्बिनी गुरुयोजनामा समावेश यस्ता थुप्रै आयोजना बन्न बाँकी छन् । योजना पूरा नहुँदा लुम्बिनी क्षेत्रको विकास र पर्यटन प्रवद्र्धनमा असर परेको सरोकारवाला बताउँछन् । नागरिक



प्रतिक्रिया दिनुहोस्