Logo

Latest Update : त्रिशूली बस दुर्घटना, मृत्तकको संख्या ८ पुग्यो 



काठमाडौं, ५ जेठ । धादिङको गजुरी गाउँपालिका- ६ बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ।  आइतबार बिहान ६ बजेतिर भएको दुर्घटनामा ५ जनाको घटनास्थलमा र अन्य तीनजनाको उपचारको क्रममा निधन भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङले जनाएको छ ।

झापाको काँकडभिट्टाबाट काठमाडौंका लागि छुटेको ना ७ ख ४३८७ नम्बरको यात्रुबाहक बस बिहान ६ बजे त्रिशुली नदीमा खसेको हो।दुर्घटनामा परी मृत्यु भएका चारजनाको सनाखत हुन सकेको छैन।

मृत्यु हुनेमा काठमाडौंको थानकोट घर भएका ५१ वर्षीय राजकुमार सुवेदी, काठमाडौं चन्द्रागिरीका ३६ वर्षीय सीता थपलिया, इलामको कन्याम घर भएका २० वर्षीय विशाल गिरी, धादिङको बेनिघाट रोराङ गाउँपालिकाका ४३ वर्षीय राजन आचार्य रहेका छन्।

 



प्रतिक्रिया दिनुहोस्