Logo

कालिका र पप्पु कन्स्ट्रक्सनले ठेक्कामा प्रतिश्पर्धा गर्न नपाउने



काठमाडौं ६ जेठ । मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याई गरेको आरोप लागेका ठेकेदार कम्पनी सिटीसीआई कालिका र पप्पु कन्स्ट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिश्पर्धा गर्न नपाउने भएका छन् ।

सरकारले हालै संशोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी नबनाउने नियम बनाएसँगै यी दुई कम्पनीले प्रतिश्पर्धा गर्न नपाउने भएका हुन् ।

राम्रो काम नगरेको आरोपमा यी दुवै कम्पनीको मुद्दा अदालतमा विचाराधीन छ । कालिका र पप्पुजस्तै अदालतमा मुद्दा परेका अन्य कम्पनीले पनि अब ठेक्का प्रक्रियामा प्रतिश्पर्धा गर्न पाउने छैनन् ।

यही वैशाख ३० गते राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले सार्वजनिक खरिद नियमावलीको छैटौं संशोधन गरेको हो । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्