Logo

फास्ट ट्रयाकको निर्माण अवधि लम्बिने संकेत, सेनाले फिर्ता गर्‍यो ९ अर्ब



काठमाडौं ६ जेठ । काठमाडौं–तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को निर्माण अवधि लम्बिने संकेत देखिएको छ । नेपाली सेनाले २०७८ साउनसम्ममा सम्पन्न गर्ने गरी यो सडक निर्माणको जिम्मेवारी २७ साउन २०७४ मा पाएकोमा पछिल्लो समय सरकारबाट डिपीआर स्वीकृतिमा भएको ढिलाईका कारण निर्माण अवधि लम्बिने भएको हो ।

नेपाली सेनाले ५ चैतमा सरकारलाई बुझाएको द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) को मस्यौदा मन्त्रिपरिषदमा पुगेर अड्किएको छ । मन्त्रिपरिषदबाट डिपीआर स्वीकृत नहुँदा सेनाले चालू आर्थिक वर्षमा द्रुतमार्गका लागि पाएको रकममध्ये ९ अर्ब रुपैयाँ सरकारलाई फिर्ता गरेको छ ।

सेनाले चालू आवमा सरकारबाट १५ अर्ब ३९ करोड रुपैयाँ पाएकोमा चालू आवको अन्तिमसम्म ५ अर्ब ९५ करोड खर्च हुने गरी काम गरिरहेको छ । –राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्