Logo

‘बन्दुकको त्रास नदेखाउन विप्लवलाई माधव नेपालको चेतावनी’



दाङ, ६ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले बन्दुकको त्रास नदेखाउन नेत्रविक्रम चन्द विप्लवलाई चेतावनी दिएका छन् । दाङको घोराहीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ नेता नेपालले यस्तो चेतावनी दिएका हुन् ।

फरक प्रसंगमा वरिष्ठ नेता नेपालले विप्लवलाई वार्ता र संवादमार्फत् उत्पन्न समस्या समाधान गर्न आग्रह गरे। उनले बन्दुकको भरमा त्रास पैदा गरेर चन्दा उठाउने र शासन गर्ने सपना नदेख्न आग्रह गरे। उनले चन्दा उठाउने र त्रास पैदा गर्ने अधिकार कसैलाई नभएको बताउँदै राज्यलाई कमजोर नठान्न चेतावनी दिए।

वरिष्ठ नेता नेपालले बालुवाटार जग्गा प्रकरणमा दोषी ठहर भए नेकपाका महासचिव विष्णु पौडेललगायत सबैलाई कारबाही हुनुपर्ने बताए । सरकारले सबै ठीक भएको छ भन्ने र प्रतिपक्षले सबै बेठिक भइरहेको छ भन्ने दुवै दृष्टिकोण आफूलाई चित्त नबुझेको उनले बताए।



प्रतिक्रिया दिनुहोस्