Logo

कांग्रेसमा देउवा र पौडेलबीच रस्साकस्सी



काठमाडौं, ८ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच रस्साकस्सी भएको छ । पार्टीले सुरु गरेको जागरण अभियानलाई लिएर बरिष्ठ नेता पौडेलले असहयोग गरेको सभापति देउवा पक्षको आरोप छ ।

तर, बरिष्ठ नेता पौडेलले भने उक्त आरोपको सिधै खण्डन गरेका छन् । पौडेलले पार्टीको विधान र महासमिति बैठक अनुसार तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडान लिएका छन् ।

देउवाले महाधिवेशन टार्न खोजेको पौडेल पक्षको आरोप छ । उता, देउवाले भने पौडेललाई आज फोनबाटै पार्टीको विधानविपरित कुनैपनि कार्य गरे सह्य नहुने चेतावनी दिएका छन् । पौडेलको देश दौडाहा जागरण अभियान भाँड्नको लागि भएको देउवा पक्षधरको गम्भिर आरोप छ ।



प्रतिक्रिया दिनुहोस्