Logo

मोदीलाई ओलीको बधाई, मिलेर काम गर्ने



काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई लोकसभामा पाएको जितका लागि बधाई दिएका छन्। प्रधानमन्त्री ओलीले ट्वीट गर्दै २०१९ को लोकसभा चुनावको जितका लागि बधाई दिएका छन्।

उनले मोदीको आगामी सफलताका लागि पनि शुभकामना दिएका छन् साथै मोदीसँग निकट रहेर काम गर्न तत्पर रहेको पनि उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले चुनावी परिणाम औपचारिक रूपमा सार्वजनिक नहुँदै मोदीलाई बधाई दिएका हुन्।



प्रतिक्रिया दिनुहोस्