Logo

मन्त्री बन्ने रुचि छैन, नेपाल र विहारको सम्बन्ध अझ प्रगाढ हुन्छ : युवा नेता चिराग पासवान



नयाँ दिल्ली, ११ जेठ । भारतको विहारबाट निर्वाचित लोक जनशक्ति पार्टीका प्रभावशाली युवा नेता चिराग पासवानले नेपालसँग विहारको सम्बन्ध निकट रहेकोले आगामी दिनमा अझै प्रगाढ हुने विश्वास दिलाए ।

नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँगको भेटवार्तामा कुरा गर्दै पासवाले यस्तो बताएका हुन् । उनले भने,‘हामी सँधै नेपालको प्रगति र उन्नति भएको हेर्न चाहन्छौं । अब नेपाल समृद्ध हुन्छ ।’ पासवानले नेपालको आन्तरिक राजनीतिमा भारतको कुनै हस्तक्षेप नहुने पनि विश्वास दिलाए ।

फरक प्रसँगमा उनले आफूलाई मन्त्री बन्ने रुची नभएको जिकिर गरे । अबको पाँच वर्षमा विहारमा आमूल परिवर्तन हुने र यसअघिका मुख्यमन्त्री नितिश कुमारले धेरै विकास गरेको उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्