Logo

प्रधानमन्त्री कार्यालयबाटै हेलचक्र्याइँ !



काठमाडौं १४ जेठ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) ले सहर केन्द्रित गतिविधि बढाएको विषयमा राष्ट्रिय अनुसन्धान विभागले एक साता अघि नै रिपोर्टिङ गरेको थियो ।

विप्लव समूहले आफूलाई चर्चामा ल्याउन सहर केन्द्रित गतिविधि सुरु गरेको र अवाञ्छित गतिविधि हुन सक्ने रिपोर्टिङ विभागका प्रमुख गणेश अधिकारीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई गरेका थिए । हाल विभाग प्रधानमन्त्री कार्यालय मातहत नै छ ।

राष्ट्रिय अनुसन्धान विभाग नेपालको प्रमुख गुप्तचर निकाय हो । त्यसले अहिले हरेक सूचना संकलन गरेर प्रधानमन्त्री कार्यालयलाई रिपोर्टिङ गर्ने गरेको छ । सो विभागले प्रत्येक दिन खामबन्दी रिपोर्ट प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई बुझाउने गरेको छ । रिमाललाई बुझाइने रिपोर्ट नै गृह मन्त्रालयमा पनि खामबन्दी गरेर पठाइन्छ । तर गम्भीर चासोको विषयबारेको सूचना भने विभागीय प्रमुख अधिकारीले मुख्यसचिवलाई पनि दिने गरेका छन् ।

स्रोतका अनुसार भोजपुरमा प्रहरी कारवाहीमा गोली लागेर तीर्थराज घिमिरेको मृत्युदेखि नै उनीहरु राजधानी र देशका ठूला सहर केन्द्रित गतिविधिमा संलग्न थिए । तर यो विषयलाई प्रधानमन्त्री कार्यालयले बेवास्ता गरेको र राष्ट्रिय अनुसन्धानको सूचनालाई कमजोर ठानेकाले काठमाडौंमा विस्फोटको घटना भएको स्रोतको दावी छ । –नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्