Logo

देउवाले उठाए बजेट कार्यान्वयनमाथिको प्रश्न



काठमाडौं, १६ जेठ । प्रमुख प्रतिपक्षी दलका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले वितरणमुखी बजेट ल्याएको टिप्पणी गरेका छन्। देउवाले बजेट कार्यान्वयन गर्ने क्षमतामा प्रश्न गरेका थिए ।

उनले भने,‘के–के न गर्छु भनेर ल्याएको छु, बजेट कार्यान्वयन गर्ने क्यापासिटी छैन।’ उनले बजेट सन्तोषजनक नभएको छोटो प्रतिक्रिया दिए। उनले थपे,‘कुरा बढी भयो ।’ सरकारले आगामी २०७६र०७७ वर्षको लागि १५ खर्ब ३२ अर्ब रूपैयाँको बजेट ल्याएको छ।



प्रतिक्रिया दिनुहोस्