नेपाली जनताले अब हिंसा थाम्न नसक्दैनः वरिष्ठ नेता पौडेल

0
Shares

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा दुई तिहाईको सरकार भए पनि जनताको आकांक्षा बमोजिमको परिवर्तन नभएको जिकिर गर्नुभएको छ ।

मानव अधिकार तथा शान्ति समाजको २४औँ वर्ष गाँठका अवसरमा आज आयोजित अन्तरक्रियामा उहाँले गरीब तथा निमुखा दुःखी जनताले चाहेको आर्थिक समृद्धितिर सरकारको ध्यान नगएको बताउनुभयो ।

उहाँले जनताले दिएको मतको दुरुपयोग गर्दै वर्तमान सरकारले प्रेसलाई तर्साउने काम गरेको, मानव अधिकारमाथि अङ्कुश लगाएको तथा प्रजातन्त्रको मर्ममाथि कुल्चिएको आरोप लगाउनुभयो । उहाँले नेपाली जनताले अब हिंसा थाम्न नसक्ने भएकाले सबैले हिंसाको बाटो परित्याग गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९माले० का महासचिव सीपी मैनालीले बहुधार्मिक मुलुकमा हिन्दूधर्म लाद्न खोजे उत्पीडित जनजाति तथा धर्मावलम्बीलाई अधिकार सम्पन्न गर्ने उद्देश्य विपरीत हुने बताउनुभयो । प्रतिनिधिसभा, राज्य तथा सुशासन व्यवस्था समितिका सभापति शशि श्रेष्ठले राज्यमा केही व्यक्तिको हाली मुहाली भए भोलिका दिन अँध्यारो हुने भएकाले सर्वसाधारण जनताले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिवक्ता भीमार्जुन आचार्य, शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, सल्लाहकार होमकान्त चौलागार्इं लगायतले नेपालमा हालसम्म जारी भएका सात वटा संविधानमा वर्तमान संविधान तुलानात्मक रुपमा प्रगतिशील भएकाले यो संविधान असहमतिबीचको सहमतिको दस्तावेज भए पनि पूर्ण भने नभएको बताउनुभयो ।रासस