Logo

ओली सरकार भ्रष्टाचारको मतियार बन्यो : खड्का



जेठ २०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता दिपक खड्काले राष्ट्रिय जागरण अभियानले कार्यकर्तालाई चलायमान बनाएको दावी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता खड्काले अभियानले पार्टीको तल्लो तहसम्म सकारात्मक प्रभाव पररिरहेको बताएका हुन् ।

कांग्रेसको एजेण्डा र सरकारको कमी कमजोरीलाई जनतासम्म पुर्याउनका लागि अभियान सुरु गरिएको भन्दै खड्काले लक्ष्य प्राप्ती भइरहेको बताए ।

नेता खड्काले अहिलेको सरकार भष्टाचारमा डुबेको भन्दै यस्ता गलत प्रवृत्तिलाई जनतामाझ उदाङ्गो पारिने बताए ।

खड्काले भने–“मुलु्क भ्रष्टाचारमा डुबेको छ । त्यसको मतियार सरकार बनेको छ । काण्डैकाण्डमा फसेको सरकारले जनतालाई आहत दिइरहेको छ । दुई तिहाईको दम्भ मात्रै देखिएको छ । यस्ता प्रवृत्तिलाई जनतामाझ स्पष्ट पार्दैछौँ ।”

सरकारले प्रतिपक्षीको आवाजलाई वेवास्ता गरेर संसदीय व्यवस्थाको अपमान गरेको पनि खड्काको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्