Logo

कांग्रेसलाई विष्णु पौडेलको चूनौति : वृद्ध भत्ता बढाउनु बेठिक हो भन्न सक्नुहुन्छ त ?



काठमाडौं, २० जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् सांसद विष्णु पौडेलले सरकारले संविधानसम्मत ढंगले बजेट ल्याएको स्पष्ट पारेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले यस्तो स्पष्ट पारेका हुन् । उनले संविधानद्धारा निर्दे्शित भएरै बजेट आएको प्रष्टयाए।

बजेटमा उल्लेख गरिएको सामाजिक सुरक्षा भत्ता बढाउने प्रावधान बेठिक हो भनेर उभिन पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई चुनौति दिएका हुन्। लोककल्याणकारी राज्यको अवधारणा अनुसार सरकारले सामाजिक सुरक्षा भत्ता बढाउने काम गरेकोमा समर्थन गर्नु पर्नेमा विरोध गरिएकोमा उनको आपत्ति छ।

महासचिव पौडेलले बजेट कार्यान्वयन हुने गरी आएको दावी पनि गरे। बजेटले उर्जा क्षेत्रको विकासमा पनि विशेष जोड दिएको उनको दावी छ। महासचिव पौडेलले बजेट सबै क्षेत्रको विकास हुने गरी सन्तुलित ढंगले आएको पनि बताए।



प्रतिक्रिया दिनुहोस्