Logo

यो सरकारले वाईडबडीमात्रै होईन देश नै डुबायो



‘यो वर्षको बजेट अदुरदर्शी र भ्रमपूर्ण छ’

काठमाडौं, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री रमेश लेखकले वाईडबडी मात्रै नभएर यो सरकारले देश नै डुबाउन लागेको गम्भिर आरोप लगाए ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले भने,‘देशको वाईडबडी नै डुब्दैछ, सयमै यसबारेमा चेतना जाग्न जरुरी छ।’ सरकारले ल्याएको बजेट अदुरदर्शी र भ्रमपूर्ण रहेको पनि उनले टिप्पणी गरे । उनले भने,‘सत्ता पक्षका साथीहरुले बजेट सुन्दर छ भन्नुहुन्छ, उहाँहरुले यो भन्नु त स्वभाविक नै हो । तर, सरकारले जुन उद्देश्य र नारा लिएको छ, यो उद्देश्य पूरा हुँदैन । यो बजेटले सरकारको उद्देश्य पूरा हुँदैन् ।’

वर्तमान सरकारले विकासका कुरा सबै विदेशीलाई जिम्मा लगाएको उनको आरोप छ । उनले भने,‘सरकारले विकासको कुरा उधारो गरेको छ । यही तरिकाले समृद्धि आउँदैन्।’ वर्तमान सरकारले साँढे दश महिनामा ४४ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको भन्दै यही तवरले कसरी समृद्धि आउँछ ? भन्दै लेखकले प्रश्न समेत तेर्साए ।

नेता लेखकले संघीय सरकारले सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई पुरै बेवास्ता र ठगेको पनि आरोप लगाए । फरक प्रसँगमा उनले नेकपाका अध्यक्षद्धय ओली र प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने विषय बाहिर आएकोबारे टिप्पणी गर्दै भने,‘जुन ढंगले यो विषय आएको छ, यसले चाहीँ स्थिरताको नारा, विकास र समृद्धिको नारा जनतालाई सुनाउन व्यर्थ शब्दावली राखिएको पुष्टि गरेको छ ।’

तत्कालिन् नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रबीचको एकतालाई उनले ओली र प्रचण्डबीचको भागबण्डाको संज्ञा दिए ।
मुलुकमा पछिल्लो समय व्यक्ति केन्द्रित राजनीति सुरु हुन थालेको पनि उनले जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot