Logo

‘गलत हल्ला’ फैलाउने ज्योतिष धमाधम पक्राऊ



देशमा विपत्ति र राजनीतिक उलटपुलटबारे भविष्यवाणी गर्दै हिंडेका ज्योतिषहरु प्रहरीको खोजीमा परेका छन् । मङ्गलबार मात्र महानगरी प्रहरी परिसर काठमाडौंले ज्योतिष अर्जुन क्षेत्रीलाई पक्राऊ गरेको छ ।

क्षेत्रीले २०७६ सालमा महाभूकम्पले विपत्ति ल्याउने भन्दै भविष्यवाणी गरेका थिए । युट्युबमा पोष्ट गरिएको उनको भिडियो भाइरल भएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंले अर्जुन क्षेत्री पक्राऊ परेको पुष्टि गरेको छ । उनलाई गौशालाबाट मङ्गलबार पक्राऊ गरिएको हो ।
यसैगरी, अर्का ज्योतिष गोपाल कोइराला पनि प्रहरीको खोजीमा परेका छन् ।

उनले २०७६ सालमा रक्तपात हुने र छिट्टै राजतन्त्र पुर्नस्थापित हुने भविष्यवाणी गरेका थिए । कार्की र कोइरालाको अन्तवार्ता भाइरल भएपछि अफबाह फैलाउने प्रकारका अन्तवार्ता दिने ज्योतिष बढेका छन् । प्रहरीले अफबाह फैलाउनेहरुलाई निरुत्साहित गर्ने रणनीति अनुसार जथाभावी बोलेर त्रास मच्चाउने ज्योतिषहरुलाई पक्राऊ सूचीमा राखेको हो ।

हालै प्राईम टाईम्स टेलिभिजनको एक अन्तर्वार्तामा अर्का ज्योतिष गोपाल कोइरालाले पनि देशमा पाँच लाख नेपालीहरु मर्ने दाबी गरेका थिए । तर, कोइरालाले आफूलाई पक्राउ गर्नेबारे अहिलेसम्म कुनै जानकारी नआएको र यदि पक्राउ गरिए पक्राउ पर्न तयार रहेको प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्