Logo

ओली, प्रचण्ड र देउवाबीच बालुवाटारमा भेटवार्ता



काठमाडौं, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले, पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संक्रमणकालीन न्यायसम्बन्धी आयोगबारे छलफल गरेका छन्।

बुधबार बिहान भएको छलफलमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदाधिकारी नियुक्त गर्ने विषयमा छलफल भएको थियो।

द्वन्द्वकालीन मुद्दाहरू टुंग्याउने लक्ष्यसहित २०७१ माघ २६ गते गठन भएका आयोगको म्याद पटकपटक थपिँदै आएको थियो। बैठकमा कानुनमन्त्री भानुभक्त ढकाल र नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेताहरु मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्