Logo

नेकपा सचिवालय बैठक स्थगित्



काठमाडौं, २३ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पूनः स्थगित् भएको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयारी गर्न समय मागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको बालुवाटार स्रोतको दाबी छ ।

बिहिबार बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारीकै लागि भन्दै दिउँसो १२ बजेसम्म सारिएको थियो। तर, दुई अध्यक्षले सहमतिको आधार तयार पार्न अरु थप समय चाहिने बताएपछि बैठक स्थगित गरिएको हो ।

यसअघि हिजोको छलफलमा आज बैठक बसेर जिल्लाका इन्चार्ज र सह-इन्चार्जबारे सहमतिको प्रयास गर्ने सहमति भएको थियो। तर नेताहरूलाई दिइने जिम्मेवारीको मापदण्डबारे कुरा मिल्न नसक्दा बैठक अनिश्चित बनेको हो।



प्रतिक्रिया दिनुहोस्