Logo

मेलम्चीले खुट्टा टेकिसक्यो, अबश्य अघि बढ्ने छ : मन्त्री मगर



शरद रेग्मी : दाङ, २३ जेठ । खानेपानी मन्त्री बिना मगरले मेलम्चिको पानी काठमाडौं ल्याउने कार्य अघि बढिरहेको बताएकी छिन् ।
रिपोर्टस् क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको साक्षात्मकार कार्यक्रममा मन्त्री मगरले यस्तो बताईन् ।

‘ मेलम्चिको पानीको बिषयमा काठमाडौं मात्रै होईन्, देशभरमा चासो बढिरहेको छ ’ उनले भनिन्‘ मेलम्चिले खुट्टा टेकिसकेको छ, अबश्य पनि अघि बढ्नेछ ।’ रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री मगरले देशभर खानेपानीको समस्या रहेको भन्दै यो समस्यालाई समाधान गर्न मन्त्रालय लागिरहेको समेत बताईन् ।

मन्त्री मगरले दाङमा बबईको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम निर्माण गरेर दाङको खानेपानीको समस्या समाधान गर्न सकिने उनको भनाई छ ।‘दाङको खानेपानी समस्या समाधान बैकल्पिक मार्गबाट गर्न सकिन्छ’ उनले भनिन त्यसका लागि दाङका बबइको पानी लिफ्टिङ, पातुखोलामा हाईड्याम्प निर्माण गरेर यहाँको खानेपानीको समस्या समाधान गर्न सकिन्छ ।’

त्यस्तै केन्द्रीय बजेटमा दाङमा के–के योजनाहरु परे भन्ने कुरा रातो किताबमा आएपछि मात्रै थाहा हुने बताईन् । सरकारले खानेपानीलाई मौलिक अधिकारमा राखेको भन्दै सबै नागरिकमा खानेपानीको पहुँच अभिबृद्धि गर्नका लागि बजेट पनि बर्षेनी बढ्दै गएको उनको भनाई थियो ।

अझै पनि नेपालका ८८ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुग्न नसकेको र २० प्रतिशत नागरिकले मात्रै प्रसोधित पानी पिउने गरेको भन्दै सन २०३० सम्म यो अबस्थालाई शून्यमा झार्नुपर्ने चुनौती आफुहरुकाबीचमा आएको समेत उनको भनाई छ ।

उनले खानेपानीका थुप्रै आयोजनाहरु भएपनि ति आयोजना सम्पन्न गर्न प्रयाप्त रकम नभएको समेत उनको भनाई छ । देशभर ४२ हजार उपभोक्ता समितिहरु रहेको र ति उपभोक्ता समितिले सरकारको खानीपानी पु¥याउने लक्ष्यमा सहयोग पुगेको समेत उनको भनाई थियो ।

सरकारले समितिका पदाधिकारीहरुलाई कुनै पनि सेवा सुविधा नदिएको भएपनि संस्थाहरुकै नेतृत्व चयनका लागि लाखौं रुपैँया खर्च गरेर चुनाब लड्ने प्रबृतिले बिकृति भने निम्त्याउने गरेको उनको भनाई थियो । कार्यक्रमको सहजीकरण महासचिब बिमल गौतमले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्