Logo

जब निमारले कण्डम नलगाई यौनसम्पर्क गर्न खोजे



पेरिसको तारे होटलको स्वीट रुममा युवक युवती अंकमाल गर्दै पस्छन् । दुवै रोमाण्टिक मुडमा हुन्छन् । पलङमा पल्टिन्छन् । युवकमाथि युवती पल्टिएर कुराकानी गर्छिन् । हाँसीमज्जा भइरहेको हुन्छ ।

केहीबेरको रोमाण्टिक माहोल बदलिन्छ । युवती युवकलाई थप्पड हान्छिन् र झर्किएर उठ्छिन् । युवकमाथि आक्रमण गर्न थाल्छिन् । युवक खुट्टा उठाउँदै प्रत्याक्रमण गर्न खोज्छन् । पेरिसको होटलमा भएको यो दृश्यमा युवक विश्वकै मङ्गलो फुटबल खेलाडी निमार र युवती नाजिला ट्रिन्डाडी ।

कसरी भयो घटना

निमारसँग लामोसमयता नजिकिएकी नाजिलाको वाट्सएपमा कुराकानी समेत हुन्थ्यो । निमार नाजिलाको सुन्दरताले मन्त्रमुग्ध भए ।
नाजिलासँग यौन सम्पर्क गर्ने इच्छा जागेपछि निमारले आफ्नै खर्चमा ब्राजिलबाट फ्रान्स डाके । उनले होटलमा लगेर सम्पर्क गर्न खोज्दा दुवैबीच झडप भयो ।

नाजिलाले आफूले सहमतिमा सम्पर्क गर्न चाहेपनि निमार निकै आक्रामक रुपमा प्रस्तुत भएको बताएकी छिन् । टेलिभिजन अन्तवार्तामा भनेकी छिन्,‘निमारलाई सोझो केटो भन्ठानेकी थिएँ, तर उनी खतरनाक मान्छे रहेछन् ।’

नाजिलाले आफू निमारसँग आकर्षित भएको र यौन सम्पर्क गर्न चाहेको स्पष्ट पारेकी छिन् । तर, निमारले आफूमाथि जर्बजस्ती यौन सम्पर्क गरेको बताइन् ।

‘मैंले निमारलाई कन्डोम प्रयोग गर्न भन्दा मानेनन् । उल्टै आक्रामक बनेर जर्बजस्ती गरे,’ नाजिलाले भनिन् ।

के छ भिडियोमा

भिडियो फुटेजमा निमार र नाजिलाबीच झगडा परेको दृश्य खिचिएको छ । उक्त दृश्य नाजिलाले योजनावद्ध तरिकाले क्यामरामा कैद गरेको देखिन्छ ।

भिडियोमा नाजिलाले निमारलाई थप्पड हानेकी छिन् । ‘म तलाई पिट्छु किनकि हिजो मलाई तैंले पिटिस् !’ भिडियोमा नाजिलाले भनेकी छिन् । निमारले खुट्टाले हिर्काउन खोजेको देखिन्छ । भिडियोले दुवैबीचको दोस्रो भेट देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot