Logo

गंगामायाको छोराको हत्या भएको १५ वर्ष वित्यो : ‘अब त मलाई आँशुले पनि धोका दिइसक्यो’



काठमाडौं, २४ जेठ । छोराको हत्यारालाई कार्वाही गर्न माग गर्दै संघर्ष गरिरहेकी गोरखा फुजेलकी गंगामाया अधिकारी आज ह्विलचियरमा वीर अस्पतालमा पुगेकी छिन् ।

गंगामायाको छोराको माओवादीले हत्या गरेको १५ वर्ष बितेको छ । छोराको हत्या गरिएको दिनको सम्झनामा वीर अस्पतालको प्रांगणमा ह्वीलचेयरको सहारामा उपस्थित गंगामायाले भनिन्,‘अब त मलाई आँशुले पनि धोका दिइसक्यो । खै मेरा आँखामा आँशु रु अब आउन छाडिसके ।

आफूले न्याय माग्नको लागि लामो समय व्यतित गरेको सुनाउँदै उनले अझैपनि आफूले आश नमारेको सुनाईन् । उनले भनिन्,‘सधै न्यायालयले न्याय देला भन्ने ठानिरहे । तर त्यो निरर्थक रहेछ ।’

उनी भन्छिन,‘मलाई न्यायको सौदा गर्नेहरुले पटक पटक झुक्याए । भो अब धेरै नझुक्याओ । अस्पतालको कुनामा मर्न चाहन्न । मलाई तीन करोड नेपालीले देख्ने गरी टुँडिखेलमा फाँसी देओ ।’ सारा दुनीयाँलाई थाहा होस भन्दै उनले भनिन्,‘नेपाल भन्ने देशमा न्याय बिकेको छ । अपराधीहरुको राज छ । पीडितका लागि न राज्यसत्ता, न न्यायालय । केही बचेको छैन ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्