Logo

‘कांग्रेस नेतृत्वमाथि कार्यकर्ताको हस्तक्षेप जरुरी’



जेठ २७, काठमाण्डौ । राजनीति विश्लेषक पुरञ्जन आचार्यले नेपाली कांग्रेसको एक महिने राष्ट्रिय जागरण अभियान फलदायी भएको विश्लेषण गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै आचार्यले अभियानले नेता कार्यकर्तामा केही न केही जागरण आएको बताएका हुन् ।

कांग्रेसभित्रको गुट उपगुटको राजनीतिलाई आचार्यले पार्टीभित्र यस्तो हुनु स्वभाविक नै भएको तर्क गरेका छन् । “कुनै पनि जीवन्त राजनीतिक पार्टीहरुमा गुट हुन्छ । गुटविनाको कुनै पनि राजनीतिक पार्टी हुँदैन ।” आचार्यले भने ।

तर कांग्रेसमा भएको गुट वैचारिक र सैद्धान्तिक नभएकोले दुर्भाग्य भएको आचार्यको विश्लेषण छ । पार्टी कसरी कब्जा गर्ने भन्ने मनसायले मात्रै गुट मौलाएको उनले बताए ।

कांग्रेस नेतृत्वले तीनवटै राष्ट्रियस्तरको चुनाव हारेपछि विशेष महाधिवेशनमा जानुपर्ने आचार्यले बताए । “कांग्रेस सभापती शेरबहादुर देउवाले मेरो नेतृत्वमा कांग्रेस हा¥यो, मेरो नीति र रणनीति हा¥यो भनेर विशेष महाधिवेशन बोलाउनुपथ्र्यो । तर त्यसो गर्न चाहनुभएन । ” अचार्यले भने ।

अहिले कांग्रेसमा नेतृत्वको संकट देखिएको आचार्यले बताए । पार्टीलाई सफल नेतृत्व दिन सक्नेहरुले अवसर नै नपाउने अवस्था आएको उनको भनाई छ । अहिले नेपाली कांग्रेसको अवस्था भारतीय राष्ट्रिय कांग्रेसको जस्तै राष्ट्रिय राजनीतिबाट फस्टबाट सेकेण्ड, सेकेण्डाट थर्ड हुने अवस्थामा पुगेको आचार्यको तर्क छ ।

पार्टीलाई नयाँ उर्जा दिन र गतिशील बनाउन सभापति देउवाले जिम्मेवारी बहन गर्नुपर्ने आचार्यको भनाई छ । तर देउवाले पार्टीको समस्याको निकास दिन नसकेको उनले बताए ।

“अब सोच्ने बेला आयो । तर नेताहरुले सोच्दैनन् । नेताहरु डन र माफियाको चंगुलमा फसेका छन् । त्यसैले कार्यकर्ताले हस्तक्षेप गर्नुपर्छ । कांग्रेसलाई माया गर्ने मान्छेले टुलुटुलु हेरेर बस्नु हुँदैन ।” आचार्यले भने ।

तर कार्यकर्ता पनि नेतामुखी भएको आचार्यको आरोप छ । नेताको अगाडि जाँदा बोल्न नसक्ने, अनुयायी बन्ने, तर अरुबेला चाँही नेताले बिगारे भन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने आचार्यको सुझाब छ ।

आगामी महाधिवेशन समयमा नै सम्पन्न भएन भने कांग्रेसको कन्त बिजोग हुने आचार्यले बताए । देउवाको कार्यकाल एक वर्ष थप्ने षडयन्त्र भइरहेको भन्दै आचार्यले अर्को चुनावमा पनि कांग्रेसले पराजय बेहोर्ने ठोकुवा गरे ।

देउवाकै नेतृत्वमा कांग्रेस अगाडि बढिरहने हो भने अब पार्टीको अस्तित्व नै मेटिनेसमेत आचार्यले बताए । देउवालाई भगवान बनाउन खोज्नेहरु पार्टी सखाप पार्न खोजेको उनको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्