Logo

दीगम्बर झाको स्थान कस्ले लेला ?



दीगम्बर झा विवादमा परेर राजीनामा दिएको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि दौड शुरु भएको छ । अध्यक्ष पदका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार आवेदन खुलाएको छ ।

अब अध्यक्ष हुनेको योग्यता ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने, दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक, प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानुनी क्षेत्रमा मान्यता प्राप्त शैष्कि संस्थाबाट कम्तीमा स्नातक उपाधि हासिल गरेको हुनपर्नेछ । दरखास्त दिनेको सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनुपर्ने उल्लेख छ । अबको १५ दिनभित्र आवेदन दिने समयावधि तोकिएको छ ।

को बन्ला अध्यक्ष

नेपाल दुरसञ्चार प्राधिकरण शक्ति र आर्थिक परिचालनमा निकै महत्व राख्ने संस्था हो । टेलिकमको नियमन अधिकारप्राप्त संस्था भएकाले अध्यक्ष पदमा टेलिकम क्षेत्रभित्र र बाहिरबाट धेरै आकांक्षी छन् । वर्तमान कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनाल अध्यक्षका मुख्य दाबेदार हुन् । तर, टेलिकम क्षेत्रका अन्य खेलाडीहरु पनि दौडमा छन् ।



प्रतिक्रिया दिनुहोस्