Logo

वीरविक्रमका निर्देशक राईको चरित्रहत्या गर्ने थुनामा



चलचित्र वीरविक्रम–२ को प्रचारप्रसारको जिम्मा नपाएपछि निर्देशक मिलन चाम्लिङ राईको चरित्रका बारेमा प्रनेश गौतमले धेरै विषय बाहिर ल्याए । युट्युब मार्फत् नै राईको मानप्रतिष्ठामा आँच पु¥याउने सामाग्री राखेपछि उजूरी प¥यो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले प्रनेशलाई भक्तपुर बालकोटबाट पक्राऊ ग¥यो । २४ वर्षीय प्रनेशले वीरविक्रम–२ को मात्र नभई निर्देशक र उनीसँग जोडिएकाको समेत बदनाम गरेका थिए ।

महानगरी प्रहरी परिसर काठमाडौंमा पठाइएका उनलाई विद्युतीय कारबोबार ऐन अन्र्तगत अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्