Logo

सि जिङपिङले मोदी र खानलाई छुट्टाछुट्टै भेटे



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनका राष्ट्रपति सि जिङपिङसँगको भेटमा पाकिस्तानले आतंकवाद मुक्त वातावरण निर्माण गर्नुपर्ने आवश्कता औल्याएका छन् । किर्गिस्तानको बिस्केकमा भएको सांघाई सहयोग संघको सम्मेलनमा सहभागी भएका दुई नेताबीच साइडलाइन भेटमा मोदीले पाकिस्तानमाथि दबाब सृजना गर्ने विषय उठाएका हुन् ।

टाइम्स अफ इन्डियाले भारतीय विदेशसचिव विजय गोख्लेको भनाई उदृत्त गर्दै पाकिस्तानले आतंकवाद मुक्त वातावरण निर्माण गर्नुपर्नेमा नगरिरहेको विषय मोदीले उठाएका थिए । भारतले शान्तिका लागि सधै प्रयास गरिरहेको र पाकिस्तानले पनि ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।

चिनियाँ राष्ट्रपति सि जिङपिङले पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग बिहिबार नै भेटवार्ता गरेका थिए । खानसँगको भेटपछि मोदीसँग भेट भएको थियो ।

चीन पाकिस्तानको निकट मित्र भएकाले पनि मोदीले पाकिस्तानमाथि दबाब सृजना गर्न खोजिएको देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री खानसँग भने मोदीको भेट भएको छैन । दुवै नेता सम्मेलनमा सहभागी भए । एउटै सम्मेलनमा सहभागी भएपनि भेट नहुनुले भारत र पाकिस्तानबीचको चीसोपन नहटेको सन्देश गएको छ ।

यसैगरी चिनियाँ राष्ट्रपति सिले भारत भ्रमण गर्ने भएका छन् । दुई नेताबीच चौंथो पटक हुने अनौपचारिक भेटवार्ताका लागि सी भारत आउने भएका हुन् । दुवै नेताबीच विगत पाँच वर्षमा दशपटक भेटवार्ता भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot