Logo

कुकुरलाई जंगल प्रवेश निषेध



काठमाडौं ३१ जेठ । जुम्लाको सिंजा गाउँपालिका–२ वडाले वन्यजन्तु जोगाउन जंगलमा कुकुर निषेध गरेको छ ।

वन क्षेत्रमा जथाभावी कुकुर छोड्ने र शिकार गर्ने भएकाले वन्यजन्तु प्रभावित भएको भन्दै वडाले जंगलमा कुकुर लैजान निषेध गरेको हो ।

वनजंगलमा मानिसको आवतजावतसँगै छाडा कुकुरले वन्यजन्तु शिकार बढ्न थालेपछि जंगलमा कुकुर लैजान बन्देज लगाउने निर्णय भएको वडाध्यक्ष नविन शर्माले बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट



प्रतिक्रिया दिनुहोस्