Logo

विश्व रक्तदाता दिवस मनाइदै



जेठ ३१, काठमाण्डौ । आज विश्व रक्तदाता दिवस मनाइदैछ । हरेक वर्षको जुन १४ तारिखमा संसारभरि रक्तदाता दिवसका रुपमा मनाईने चलन छ । मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर रक्तदाता दिवस मनाइदैछ । विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको थियो ।

यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्वबारे जानकारी दिने खालका र्याली, कोणसभा, प्रभातफेरी लगायत चेतनामूलक कार्यक्रमहरु आयोजना भएको छ ।

रगतको महत्व बुझाउदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता स्वरुप एक नायक अभियानका रुपमा यो दिवस मनाउने गरिन्छ । रगतको आवश्यकतालाई परिपुर्ति गर्ने रक्तदाताहरुको कदर स्वरुप नेपालमा २०७० जेठ ३० र ३१ गते प्रथम रक्तदाता सम्मेलन समेत आयोजना गरिएको थियो ।

सामान्यतया एकपटक रक्तदान गरेर अर्कोपटक रक्तदान गर्नुका बीचमा ३ महिनाको फरक राख्ने चलन छ । रक्तदान गर्नका लागि सामान्यतया ५० केजी तौल भएको कम्तीमा पनि १८ वर्ष र बढीमा ६० वर्षको सीमा तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस्