Logo

खतरनाक डेंगु



जेठ ३१, काठमाण्डौ । लामखुट्टेको टोकाईबाट संक्रमण हुने डेंगु रोग देशभरी फैलन सक्ने सम्भावना रहेको विशेषज्ञहरुले बताएका छन् । सुनसरीको धरानमा एक महिना देखि संक्रमण नरोकिएपछि देशैभरी फैलन सक्ने आशंका चिकित्सकहरुको छ ।
सक्रमणलाई नियन्त्रण गर्नको लागि विशेष सावधानी नअपनाए देशका विभिन्न स्थानमा डेंगुको संक्रमण फैलन सक्ने सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनले जानकारी दिए ।

के हुन् डेंगुका लक्षण

डेंगु संक्रमण भएका बिरामीलाई शरीर, हात, जोर्नी दुख्ने, ज्वरो आउने, टाउको दुख्ने, आलस्य हुने, रिंगटा लाग्ने, बान्ता हुनेजस्ता समस्या देखिन्छ । प्रभावित क्षेत्रका बासिन्दाले यी लक्षणलाई सामान्य ठानेर हेलचेक्र्याइँ नगर्न चिकित्सकहरुको आग्रह गरेको छ । चिकित्सकसँग सल्लाह गरेर डेंगु परीक्षण गराउनुपर्छ । रोगको उपचार सम्भव छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार छिटो रोग पत्ता लगाई उचित चिकित्सकीय हेरचाह र्पुयाउन सके मृत्युदर १ प्रतिशतभन्दा कम हुनेछ । अहिलेसम्म सुनसरीमा मात्रै ५ सय ४८ जनामा संक्रमण देखा परेको छ । मोरङमा ९ र झापामा ३ जनामा पनि । तीन जिल्लामा गरी ५ सय ६० जना संक्रमित भएका छन् । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर अस्पताललगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्