Logo

प्रनेशसँग मिलन पनि प्रहरी अनुसन्धानमा तानिदै



साइबर अपराध प्रकरणः मिलन र प्रनेश दुवैमाथि अनुसन्धान मोडियो
काठमाडौं, ३२ जेष्ठ । प्रहरीले साइबर अपराध प्रकरणमा उजूरीकर्ता वीरविक्रम २ का निर्देशक मिलन चाम्स र आरोपी प्रनेश गौतम दुवैमाथि अनुसन्धान अगाडि बढाएको छ । चलचित्रलाई चर्चामा ल्याउन दुवैले घटनालाई कृत्तिम तरिकाले बढाएको हुनसक्नेतर्फ अनुसन्धान मोडिएको हो ।
प्रहरी स्रोतका अनुसार दुवैमाथि अनुसन्धान केन्द्रित छ । प्रनेश अझै प्रहरी हिरासतमा छन् । उनी छुटेको विषय बाहिर आएपनि हिरासतमुक्त भएका छैनन् ।

के गरे मिलन र प्रनेशले

 

मिलन र प्रनेशले कृत्तिम तरिकाले घटनालाई चर्चामा ल्याएर फिल्मको मार्केटिङ गरेको हुनसक्ने प्रमाणहरु प्रहरीले फेला पार्दै गएको छ । चलचित्र विरविक्रम २ का निर्देशक मिलन चाम्स राई र समिक्षक समेत रहेका चलचित्रकर्मी प्रनेश गौतमले यो घटनाबाट चर्चा बटुलेका छन् ।
सामाजिक सञ्जालमा प्रनेशको समर्थनमा आवाज उठेपछि उनी चर्चामा पुगे । हलमा नपुग्दै मिलनको चलचित्र पनि चर्चा बटुल्न सफल भएको छ ।

के हो विवाद

चलचित्र वीरविक्रम–२ बन्दै गर्दा प्रनेशले प्रचार प्रसारको जिम्मा मागेको र आफूहरुले नदिएपछि बदनाम गर्दै हिंडेको आरोप मिलन चाम्सको थियो । चलचित्र बदनाम गर्ने गरी भिडियो समेत बनाएर नियोजित रुपमा डुबाउन लागिपरेको भन्दै साइबर क्राइमको उजूरी हाल्न पुगेका थिए चाम्स ।

प्रहरीले प्रारम्भिक अनुसन्धानपछि प्रनेशलाई नियन्त्रणमा लियो । चलचित्रको समिक्षालाई लिएर नियन्त्रणमा लिएको भन्दै सर्वत्र विरोध भयो । चाम्सले शक्तिको दुरुपयोग गरेको आरोप लाग्यो ।

विवाद यसरी चर्कियो कि चलचित्र वीरविक्रम–२ ले व्यापक प्रचारप्रसार पायो । प्रचासप्रसारको जिम्मा माग्ने प्रनेशले नपाएपनि उनैका कारण यति ठूलो चर्चा भयो ।



प्रतिक्रिया दिनुहोस्