Logo

नेपाल विद्युत प्राधिकरणमा १५७४ कर्मचारी सरुवा (सूचि सहित)



काठमाडौं, १ असार । नेपाल विद्युत प्राधिकरणले कर्मचारीको नियमित सरुवालाई निरन्तरता दिएको छ । आइतबार विहानै १५ सय ७४ कर्मचारीको सरुवा सूची निकालेको छ । ३१ आषाढमा गरिएको सरुवा निर्णयमा १५ सय ५५ नियमित र १९ मेडिकल बोर्डको सिफारिशमा सरुवा गरिएको प्राधिकरणले जनाएको छ ।

सरुवा भएका कर्मचारीले ४ असारभित्र बुरबुझारथ सम्पन्न गरी अनिवार्य रुपमा सरुवा गरिएको कार्यालयमा रमाना लिनुपर्ने सूचना निकालिएको छ । कथंकदाचित् पारिवारिक कारणले असजिलो परेको भए निवेदन दिन सकिनेछ ।

प्रधिकरणका अनुसार कक्षा १० वा सो भन्दा तलको कक्षामा अध्ययनरत आफ्ना सन्तानलाई विद्यालय भर्ना गरेको कारण सरुवा भएको कार्यालयमा रमाना हुन असुविधा भएको भनी निवेदन पेश गर्न सकिने व्यवस्था छ । सिफारिश पत्र ल्याएमा चालु शैक्षिक अन्त्य नभएसम्मका लागि सरुवा स्थगित गर्ने सम्बन्धमा प्राधिकरणले निर्णय लिनेछ ।

विद्यालयको शैक्षिक सत्र शुरु भइसकेकाले उल्लेखित प्रावधानले सरुवा गरिएका कर्मचारीहरु अधिकांश खटाइएको स्थानमा जानुनपर्ने हुनसक्छ । सरुवा स्थगित गर्न सकिने ठाउँ राखेर प्राधिकरणले ढिलो गरी सरुवा निकालेको देखिन्छ ।

२०७३ र २०७४ सालमा एकैपटक १५ सयभन्दा बढी कर्मचारीको सरुवा गरेको प्राधिकरणले २०७६ सालमा पुनः ठूलो संख्यामा सरुवा निकालेको छ । एउटै कार्यालयमा १५ वर्षभन्दा बढी बसेका कर्मचारीको समेत सरुवा भएको छ ।

को कहाँ सूचीसहित



प्रतिक्रिया दिनुहोस्