Logo

जुवा अखडाबाट ३२ जुवाडे रङ्गेहात पक्राऊ



काठमाडौं, १ असार । जुवा अखडाबाट सात जना जुवाडे पक्राऊ परेका छन् । राजधानीको काभ्रेली खाजा घरबाट जुवा अखडा चलाउने सिन्धुपाल्चोकका बुद्धकुमार तामाङसहित सात जनालाई ४० हजार नगदसहित पक्राऊ गरिएको प्रहरीले जनाएको छ ।

मानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरुलाई शनिबार पक्राऊ गरेको हो । यसैगरी, तेर्हथुमको म्याङलुङ नागदहस्थित गंगाराम श्रेष्ठ र भिमप्रसाद लिम्बूको घरमा जुवातास खेलाइरहेको अवस्थामा १७ जना पक्राऊ परेका छन् । जिल्ला प्रहरी कार्यालय ते¥हथुमको टोलीले उनीहरुलाई शनिबार पक्राऊ गरेको हो ।

कास्कीको न्युरोड इनबाट आठ जना पक्राऊ परेका छन् । उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा ७६ हजार नगदसहित पक्राऊ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्