Logo

भारत–पाकिस्तान क्रिकेट युद्ध



काठमाडौं, १ असार ।  विश्वकप क्रिकेटमा आमनेसामने हुँदा भारत र पाकिस्तान फेरि युद्धकै शेलीमा प्रस्तुत भए । दुवै देशका नेता देखि नागरिक सम्मले एक अर्को टोलीलाई जित्नैपर्ने दबाबमा पारे ।  कुनैबेलाका क्रिकेट नायक इमरान खान पाकिस्तानका प्रधानमन्त्री भएका छन् । उनले आफ्नो टोलीलाई हौस्याउन कुनै कसर बाँकी राखेनन् । पाकिस्तानी टोलीका कप्तान सरफराज अहमदलाई कप्तानकै शैलीमा सिकाए ।

सो कुरा दुईपटक ट्वीट गरी जानकारी गराए । इमरानले अन्तिम बलसम्म संघर्ष गर्न भने । भारतलाई विश्वकपको ५० ओभरको खेलमा अहिलेसम्म पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन । इतिहासलाई उल्टाउन इमरानले पाकिस्तानी टोलीलाई जोस्याए ।

भारतभित्र पनि नेता देखि सेलिब्रिटीसम्मले पाकिस्तानसँगको क्रिकेटलाई युद्ध जसरी लिएका छन् । उनीहरुले जितका लागि टोलीलाई हौस्याइरहेका छन् । सामाजिक सञ्जालहरु क्रिकेटको विषयले भरिएको छ । भारत र पाकिस्तानबीचको क्रिकेट जहिले पनि चासोको विषय बन्ने गरेको छ । भारत र पाकिस्तानमा मात्र नभई अन्य देशमा समेत दुई देशबीच क्रिकेट खेल हेरिन्छ ।



प्रतिक्रिया दिनुहोस्