Logo

प्रहरीको कुर्सीमा बसेको तस्वीर फेसबुकमा राख्दा जेल



काठमाडौं, २ असार । नेपाल प्रहरीका डिएसपीको कुर्सीमा बसेर एक युवकले तस्वीर खिचाए । सामाजिक सञ्जालमा पोष्ट गरी पहुँच र प्रभाव देखाए । इलाका प्रहरी कार्यालय बिर्तामोडमा भएको उक्त घटनाले चर्चामा आयो ।
झापाको बिर्तामोड बस्दै आएका हर्कमान भनिने २५ वर्षीय युसमान डाइनियल गुरुङले धरौटीमा रिहा हुन समेत पाएनन् । अदालतले पुर्पक्षका लागि जेल चलानको आदेश दियो । अब उनले मुद्दाको किनारा नलागेसम्म जेलमा बस्नुपर्ने भएको छ ।

हर्कमानले तस्वीर खिचाएर सामाजिक सञ्जालमा राखेपछि डिएसपी सुवास खड्का पनि कारबाहीमा परे । खड्का बस्नुपर्ने कुर्सीमा हर्कमान कसरी बस्न पुगे भनी अनुसन्धान भयो । साइबर अपराध अन्र्तगत हर्कमानमाथि अनुसन्धान चलिरहेको छ । म्यानपावर व्यवसायमा लागेका उनी अराजक गतिविधिका कारण झापामा समेत बदनाम थिए । प्रहरीसँग नजिक बसेर प्रभावशाली हुँ भनी देखाउँथे ।



प्रतिक्रिया दिनुहोस्