Logo

इन्द्र शरोवरमा युवकको रहस्यमयी मृत्यु



काठमाडौं, २ असार । कुलेखानीस्थित इन्द्र सरोवरमा आइतबार दिउँसोबाट हराइरहेका युवकको शव भेटिएको छ । सोमबार विहान देखिको खोजीपछि प्रहरीले सुरज भेटवाल (अञ्जील)को शव सोमबार अपरान्ह ४ बजे फेला पारेको हो ।

पाँचथर घर भई अनामनगर बस्दै आएका २४ वर्षीय भेटवाल परिवारका दुई सन्तान (छोरा)मध्ये उनी कान्छा हुन् । जेभिएर कलेज बौद्धबाट साथीहरुसँग कुलेखानी पुगेका थिए । कलेजको अध्ययन भ्रमणका क्रममा पुगेका उनीसहित केही साथीहरु पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।

सुरजको परिवारका अनुसार उनी पौडी खेल्न जान्दथे । तर, इन्द्र शरोवरको भूमरीमा परेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनायो ।

तर, युवकको मृत्युबारे थप अनुसन्धान भइरहेको प्रहरीले बतायो । प्रहरीले उनीसँग गएकाहरुसँग सोधपुछ गरेको छ । भेटवाल सहित  २९ जना विद्यार्थी र दुई जना शिक्षकसहित जेठ ३० गते शैक्षिक अध्ययन भ्रमणका लागि कुलेखानी गएका थिए ।

कुलेखानीमा विद्युत उत्पादनका लागि निर्माण गरिएको कृत्तिम बाँधमा रहेको तालमा पौडी खेल्ने क्रममा विगतमा पनि धेरैजनाले ज्यान गुमाइसकेका छन् । तालमा भूमरी पर्ने भएकाले पौडी खेल्नु खतरनाक मानिन्छ ।



प्रतिक्रिया दिनुहोस्