Logo

एम्बापे पिएसजीमै रहने क्लबका अध्यक्षको दाबी



पेरिस । पेरिस सेन्ट जर्मनका अध्यक्ष नासेर अल खेलाईफीले युवा स्टार खेलाी केलियन एम्बाप्पे अर्को सिजनसम्म क्लबमै रहने दाबी गरेका छन् । फ्रान्सको एक मिडियालाई दिएको अन्तर्वार्तामा उनले एम्बाप्पे अर्को सिजन पिएसजीमै रहने कुरा दुई प्रतिशतको सम्भावना रहेको बताएका छन् ।

विश्व विजेता फ्रान्सका २० वर्षीया युवा स्टार एम्बाप्पेले क्लब छोड्ने हल्ला चलिरहेको बेला क्लबका अध्यक्षले उक्त हल्लामा कुनै सत्यता नभएको भन्दै उनी अर्को सिजनसम्म पिएसजीमै रहने दाबी गरेका हुन् । उनले भनेका छन्, म उनीजस्ता क्रेजी खेलाडीलाई क्लबबाट बाहिर जान दिँन्न ।

त्यस्तै, उनले ब्राजिलियन नेयमारमाथि भने कटु आलोचना गरेका छन् । क्लबसँग नेयमार खुशी छैनन् भन्ने हल्लाको बीचमा उनले नेयमारलाई अर्को सिजनकोलागि सम्झौता गर्नैपर्छ भनेर कुनै दबाब नभएको भन्दै आफ्नो बेखुशी व्यक्त गरेका छन् । एजेन्सीको सहयोग



प्रतिक्रिया दिनुहोस्