Logo

ओलीविरुद्ध गर्जिए कमल थापा, द्धन्द्ध निम्त्याउन खोजेको आरोप



काठमाडौं, ३ असार । राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले सरकारले देशमा द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप लगाएका छन् । हिजो (सोमबार) हेटौंडामा आयोजित पत्रकार भेटघाटमा थापाले ओली सरकारले आफ्ना निर्णयहरु लाद्ने काम तत्काल रोक्नुपर्ने बताए ।

उनले मिडिया काउन्सिल विधेयक, मानवअधिकारसम्बन्धी विधेयक, सेना सन्चालनसम्बन्धी विधेयक, गुठी व्यवस्थापन विधेयकजस्ता विवादास्पद विधेयक ल्याएर सरकारले दुईतिहाइ बहुमतको दुरुपयोग गरिरहेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्