Logo

स्याङ्जामा विवाह अगावै यौन सम्पर्क गर्ने बढे, गर्भपतन गर्नेमा किशोरी बढी



avortion

काठमाडौं, ३ असार ।विवाह अगावै यौन सम्पर्क गर्नेहरु बढेपछि स्याङ्जामा अविवाहित किशोरीहरु गर्भपतन गराउन आउने संख्या बढेको छ । किशोरावस्थामा यौन सम्पर्क पछि गर्भधारण भएपछि गर्भपतन गर्न आउनेहरु बढेका हुन् ।

स्याङ्जामा गर्भपतन गराउन आउनेमध्ये किशोरी र पति वैदेशिक रोजगारीका लागि गएकाहरु बढी रहेको राससले जनाएको छ । ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रकी सिनियर अनमी रेनुका शर्माका अनुसार विवाहित मात्र नभई अविवाहित पनि गर्भपतनका लागि आउने गरेका छन् । श्रीमान् वैदेशिक रोजगारीका लागि गएका महिलाहरुको संख्या बढी रहेको शर्माको भनाई छ ।

जिल्लामा गर्भपतन गराउने १९ संस्था सूचीकृत भएका छन् । चालू आर्थिक वर्षमा ८८४ जनाले गर्भपतन गराएका छन् । जसमध्ये वालिङमा रहेको ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रबाट ३२७ जनाले सेवा लिएको र जसमा ३६ जना २० वर्षभन्दा मुनिका रहेका छन् भने २९१ जना २० वर्षभन्दा माथिका रहेको सो केन्द्रले जनाएको छ । ग्रौघ्याङ्लिङ प्राथमिक स्वास्थ्य केन्द्रका सूचना अधिकारी देवेन्द्र भट्टराईले अधिकांश किशोरीहरुले क्लिनिकमा पाइने गर्भ नरहने औषधिसमेत प्रयोग गर्ने गरेको जानकारी दिए अनमि शर्माले महीनामा ४० देखि ६० जनासम्म गर्भपतनका लागि आउने बताइन । उनले भनिन्, “१३ देखि २० वर्षभित्रका अविवाहित किशोरीहरुसमेत गर्भपतन गराउनका लागि आउने गरेका छन् ।”

रासससँग कुरा गर्दै जिल्ला अस्पताल स्याङ्जाका प्रमुख डाक्टर अमृत पोख्रेलले जिल्लामा असुरक्षित रुपमा गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको बताए । १२ हप्तासम्मको गर्भपतन गराउन पाउने कानूनी मान्यता रहे पनि लिङ्ग पहिचान गरेर गर्भपतन गराउने क्रम बढेको बताउँदै बाहिर असुरक्षित ठाउँमा गर्भपतन गराउने अनि रक्त सरापको समस्या भएपछि अन्तिम अवस्थामा आफूहरु कहाँ आउने गर्दा रगत कमि लगायत अन्य विभिन्न प्रकारका समस्या हुने गरेको उनको भनाइ छ । परिवार नियोजनको अस्थायी साधनको प्रयोगकर्ताभन्दा गर्भपतन गराउन आउनेको सङ्ख्या बढी भएको बताउँदै उनले विद्यालय र क्याम्पसहरुमा यससम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्